लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा नेकपा माओवादी केन्द्रको बिरामी स्वास्थ्य सहायता कक्ष

tillotmacitynews - 2021 Jun 02 02:35 PM
IMG

जेष्ठ १९ गते बुधबार २०७८ तिलोत्तमा सिटी।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुटवलमा सहायता कक्ष संचालन गरेको छ । कोभिड १९ को प्रकोप यथावत रहेका बेला लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा नेकपा माओवादी केन्द्र बुटवल नगर कमिटिले स्वास्थ्य सहयता कक्ष (हेल्पडेस्क) स्थापना गरेर बिरामी तथा विरामीका आफन्तलाई सघाउने काम गरेको छ ।


नेकपा माओवादी केन्द्रका नेता नारायण बन्जाडेको नेतृत्वमा माओवादीले सहायता कक्ष संचालन गरेको हो । नेता बन्जाडेले दिएको जानकारी अनुसार माओवादी नेता तथा कार्यकर्ताले आलोपालो विरामी तथा विरामीका आफन्तलाई सघाउने गरेका छन् । सो स्थानमा माओवादी केन्द्रले माक्स, सेटिनाईजर लागयतका स्वास्थ्य समाग्री समेत निःशुल्क बितरण गरेको छ । त्यस्तै बिरामीलाई एम्बुलेन्स, अक्सीजन ग्यास सिलिण्डर, बैकल्पीक बेड ब्यवस्थापन गर्न सघाउने गरेको नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बज्जाडे (टंकमणि) ले बताए । 


गत सातादेखि नेकपा माओवादी केन्द्रले यो अभियान थालेको हो । जुनसुकै रोगका बिरामी र आफन्तलाई आवश्यक परामर्श तथा सहयोगको लागि पार्टीले बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिइरहेको बन्जाडेले उल्लेख गरे । यो अभियानमा पार्टी कार्यकता र विद्यार्थी नेताहरुले समेत सघाएको उनले बताए । बिरामी सहायता कक्षमा बिरामी तथा आफन्तलाई स्वास्थ्य सर्तकताबारे परामर्श पनि दिने गरिएको छ ।

कमेन्ट गर्नुहोस्