
तिलोत्तमा २०७८ बैशाख १९ गते आइतबार। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आफ्नै इच्छा/चाहानाले माओवादी पार्टी रोजेको बताएकी छन् । ‘श्रीमानको दुर्घटनापछि म राजनीतिमा आएँ, म सामान्य गृहिणी थिए,चुनावसम्म त मलाइ एमाले माओबादी भन्ने थाहा पनि थिएन ।’-उनले भनिन् ।माओबादीले मलाइ सधैं सर्पोट गर्ने भएकाले आफ्नै इच्छा-चाहानाले माओवादी पार्टी रोजेँ,अपहरण भनेर हल्ला चलाइएछ दुख लाग्यो ।
आज बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले उनले आफू कसैको प्रभाव र प्रलोभनमा नपरेको बताइन् । ०७६ मंसिर १४ मा सम्पन्न उपनिर्वाचनमा दाङ ३ २ बाट प्रदेश सभामा निर्वाचित भएको उनले बताएकी छन्। त्यसबेला एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाबाट आफू प्रदेश सभामा लडेको र सर्वोच्च अदालतको निर्णयले नेकपा पूर्ववत् एमाले र माओवादीमा फर्किएपछि माओवादी रोजेको उनले बताइन्।उनका श्रीमानले तत्कालिन एमालेबाट चुनाव जितेका थिए। दुर्घटनामा उनको मृत्यु भएपछि वली श्रीमानको ठाउँमा चुनाव लडेर जित्दै नेकपाबाट प्रदेश सभा सदस्य बनेकी थिइन्।
कमेन्ट गर्नुहोस्