लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६ गते देखि ४ दिनसम्म बुटवलमा सुनको पिञ्जडा

IMG

तिलोत्तमा २०७८ बैशाख ५ गते। बुटवलमा सुनको पिञ्जडा नामक नाटक मञ्चन हुने भएको छ । बागेश्वरी संगितालयको प्रस्तुती रहने नाटक सोमबार साँझ मञ्चन गरिने भएको हो । २ महिनाको अभ्यासपछि नाटक मञ्चन गर्न लागेको नाटकका निर्देशक रामकुमार पुडासैनीले बताए । बागेश्वरी संगितालयको ठिएटरमा सोमबार साँझ साढे ५ बजे मञ्चन हुने नाटकको तयारी पूरा भएको उनले जानकारी दिए ।


बाल मनोवैज्ञानीकमा आधारित रहेर नाटक निर्माण गरिएको उनले बताए । प्रजातान्त्रिक मूलुकमा जनताले कसरी प्रजातन्त्रको अनुभूति गरेका छन् र यसको प्रभाव बालबालिकामा कस्तो परेको छ भनेर नाटकले देखाउन खोजेको निर्देशक पुडासैनीको भनाइ छ । नाटक ९० मिनेटको रहने र १४ जना पात्रको अभिनय रहेको छ । नाटकबाट आर्थिक रुपमा फाईदा नभएपनि समाजमा जनचेतना फैलाउने र कलाकार उत्पादन गर्ने लक्ष्य रहेको बागेश्वरी संगितालयका प्रिन्सिपल सुरेश सेन्चुरीले बताए ।


काठमाण्डौं केन्द्रीत मात्र भएको रंगमञ्चलाई मोफस बाहिरका दर्शकलाई देखाउने गरी तयार गरिएको जानकारी दिए । नाटकमा पात्रले जिवन्त नाटक प्रस्तुत गर्ने भएकाले दर्शक यस तर्फ आकर्षित हुने उनले विश्वास दिलाए । नाटक ९ गतेसम्म चल्ने छ । नाटक हेर्नको लागि सर्वसाधारणका लागि २ सय र विद्यार्थीका लागि सय रुपैयाँ टिकट शुल्क लाग्ने बागेश्वरी संगितालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्