
बुटवल,फागुन २३, २०७७। सहमति बिपरित रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र जबर्जस्ती शीलान्यास गरिएको कार्यप्रति स्थानीयले खेद प्रकट गरेका छन् । उनीहरुले आन्दाेलन थप शशक्त बनाउने निर्णय गरेका छन् ।हिजाे भएको भनिएको सहमति कथित र भ्रमपूर्ण भएको मोतिपुर औद्योगिक क्षेत्र पिडित संघर्ष समितिका अध्यक्ष जंग बहादुर खत्रीले बताए ।
समितिले आज एक बिज्ञप्ती जारी गर्दै भनेको छ-‘विगत २०३७ साल देखि निरन्तर रुपमा भोगचलान गरि आएका वास्तविक पिडित नागरिक तथा प्रभावित क्षेत्रका बासिन्दाहरुलाई कुनै जानकारी समेत नगराई बुटवल उपमहानगरपालिका वडा नंं. १७ का वडा अध्यक्ष सन्त बहादुर रानाको रोहबरमा नमुना टोल संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतका बिचमा मिति २०७७-११-२२ मा भएको कथित सहमति खारेज गर्दछौँ।’ शिलान्यास कार्यक्रममा जनतामाथि सरकारपक्षबाट भएकोबल प्रयोग तथा जर्बजस्तीका विरुद्धमा समाचार,सामाजिक संजाल तथा अन्य माध्यमबाट पिडित परिवारहरुको पक्षमा आवाज उठाउने पत्रकार बुद्धिजिवी र राजनैतिक दलका जनप्रतिनिधिहरुलाई धन्यवाद समेत दिएका छन् ।
कमेन्ट गर्नुहोस्