
तिलोत्तमा,२०७७ माघ २७। लुम्विनी प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले संचार माध्यमले सत्य र तथ्यमा आधारित भएर समाचर सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । अहिलेको परिवेसमा सुचनाका स्रोत धरै भएको भएपनि विश्वसनियताई जोगाईराख्न मुख्य चुनौती भएकोमा उहांले जोड दिनुभएको थियो । लुम्विनी सुचना तथा संचार संस्था लिमिटेडद्धारा संचालित रेडियो लुम्विनीको २२ औं साधारणसभा तथा ११आंै अधिवेशनको अवसरमा बोल्नुहुँदै मन्त्री गिरीले केही संचार माध्यम एक पक्षीय रूपमा लागेको भन्दै त्यसले समाजको हित नगर्ने उल्लेख गर्नुभयो ।
रेडियो लुम्विनीले लामो समयदेखि समाजको आर्थिक सामाजिक चेतना स्तर बृद्धि गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै उहांले आगामि दिनमा पनि रेडियोले बिश्वसनिय संचारमाध्यमका रुपमा काम गर्न सकोस् भन्दै शुभकामना दिनुभयो ।संस्थाका अध्यक्ष इन्जिनियर दुजेन्द्र बस्नेतको अध्यक्षता तथा उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेको स्वागत तथा केशव गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा लुविनी प्रदेशका प्रदेश सभा सदस्य तथा अर्थ उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपानेले यस क्षेत्रको अग्रणि संचारमाध्यमका रुपमा समाज रुपान्तरणका लागि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले सुचनाको महामारीका वेला सत्य सुचना दिने सवालमा रेडियो लुम्विनीको भुमिकाको प्रसंसा गर्नुहुदै कुनैपनि कुराको सतही विश्लेषण भन्दा पनि गरिाईमा पुगेर सामाग्री तयार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्नुहुदै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले रेडियो लुम्विनीले उठाएका बिषयवस्तुले समस्या पहिचान गरेर काम गर्न सजिलो भएको भन्दै आगामि दिनमा पनि रचनात्मक सुझाव र सहयोगका लागि आग्रह गर्नुभयो । रेडियो लुम्विनी र तिलोत्तमा टेलिभिजनको प्रसारणमा सहयोग पु¥याएको नगरपालिकाले आगामि दिनमा पनि रेडियो तथा टेलिभिजनका लागि आवश्यक सहयोग गर्नेसमेत प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा पूर्वअध्यक्ष डिआर घिमिरे, पुर्व अध्यक्ष मोहन चापागांई, पुर्व स्टेशन म्यानेजर ईन्दिरा अर्याल, तिलोत्तमा चेम्वर अफ कमर्शका बाबुलाल भुषाल लगायतले शुभकामना मन्तब्य दिनुभयो ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य पूर्णभद्र तिवारी, प्रेम बहादुर भण्डारी र चिन्तामणि न्यौपानेलाई सम्मान गरेको छ भने रेडियो लुम्विनीको उत्कृष्ट बर्ष कर्मचारीको रुपमा कार्यक्रम उत्पादक टिकाराम घिमिरे, मदन भण्डारी स्मृति पत्रकारीता पुरस्कारबाट रेडियोका कार्यक्रम प्रस्तोता लक्ष्मि पाण्डे साथै पुर्व कर्मचारीको तर्फबाट पुर्व स्टेशन म्यानेजर ईन्दिरा अर्याल,पूर्व समाचार प्रमुख लक्ष्मण पौडेल,पूर्व विज्ञापन प्रमुख मोहन न्यौपाने,प्राविधिक सोमनाथ घिमिरेलाई सम्मान गरिएको छ ।
यसैबीच रेडियो लुम्बिनीको आजै सम्पन्न ११ औं अधिवेशनले दुर्गाप्रसाद पाण्डेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे र सदस्यहरुमा देवी वाग्ले,इन्द्रबहादुर सुनार,मनिष अधिकारी, रामबहादुर बस्नेत, रामप्रसाद ढकाल ,सुरजप्रसाद पाण्डेय,शारदा अर्जेल, भगवती घिमिरे, विष्णुप्रसाद भण्डारी,लोकराज चापागाईँ, ,मधुकला कुँवर, श्याम बस्याल,तामनाथ पाण्डेय रहनुभएको छ । अधिवेशनले केशवराज गौतम संयोजक र लेखनाथ पाण्डेय र तुल्सीराम कडेल सदस्य रहेको लेखा समिति सर्वसम्मत चयन गरेको छ । यसअघि संस्थाका अध्यक्ष इन्जिनियर दुजेन्द्र बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रेडियो लुम्बिनीको २२ वर्षे यात्रामा समुदायका निम्ति महत्वपूर्ण काम गरेको उल्लेख गर्दै यसलाई अझै परिष्कृत गर्दै लैजाने बताउनुभयो ।साधारण सभाले अध्यक्षको प्रतिवेदन ,कोषध्यक्ष अर्जुनराज उपाध्यायद्वारा प्रस्तुत प्रतिवेदन र लेखा संयोजक विष्णुप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कमेन्ट गर्नुहोस्