लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हटे मुख्यमन्त्री शंकर पोखरेल, युवराज ज्ञवालीलाई जिम्मेवारी

IMG

पौष २०, २०७७, तिलोत्तमा । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रचण्ड -नेपाल नेतृत्वको नेकपाले प्रदेशको ईन्चार्जबाट हटाएको छ।  पेरीसडाडामा बसेको प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठकले लुम्बिनी र गण्डकी प्रदेशको नया इन्चार्ज तोकेको छ ।स्थायी कमिटी बैठकले लुम्विनी प्रदेशको ईन्चार्जको रुपमा रहेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर युवराज ज्ञवाली र गण्डकी प्रदेशका ईन्चार्जको रुपमा रहेका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरूङलाई हटाएर देवेन्द्र पौडेललाई प्रदेशमा इन्चार्ज तोकेको हो।


लुम्विनी प्रदेशमा सह ईन्चार्ज रहेका दल बहादुर रानालाई यथावत राखिएको छ भने गण्डकी प्रदेशका सह ईन्चार्ज र प्रदेश कमिटी सचिव समेत परिवर्तन गरेको छ ।गण्डकी प्रदेश सहइन्चार्ज तुल बहादुर गुरूङलाई तोकेको छ भने त्यस्तै, प्रदेश सचिवको रुपमा श्रीमाया थकालीलाई जिम्मेवारी दिएको छ ।

कमेन्ट गर्नुहोस्