
३० मंसिर, तिलोत्तमा। सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ ।मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्री बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको बताए। बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित थिए ।आइतबारदेखि माइती घरमा उखुको मूल्य माग्दै किसानहरु प्रदर्शनरत छन् ।
कमेन्ट गर्नुहोस्