लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आलुमा आत्मनिर्भर बन्दै तिलोत्तमा,अन्य स्थानमा निर्यात पनि गर्ने लक्ष्य

IMG

तिलोत्तमा नगरपालिका र यु.एन.डी.पी. को आर्थिक तथा प्राविधिक सहयोगमा प्रगतिशील महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीउ वृद्धि तथा व्यावसायिक तरकारी खेती कार्यक्रम अन्तर्गत उक्त परियोजनामा आबद्ध २० कृषक समूहहरुको प्रतिनिधि/कृषकहरुलाई बोलाएर आलुका रोगहरुमा विषाधिको प्रयोग तथा छाते स्प्रेयर (विद्युतीय) वितरण सम्बन्धि १ दिने तालिम सम्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता प्रगतिशील महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष सीता न्यौपाने उपाध्यायले गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, विशिष्ट अतिथि यु.एन.डी.पी. फिल्ड अफिस (लुम्बिनी र गण्डकी प्रदेश प्रमुख) सुदिप अर्याल, अतिथिमा तिलोत्तमा नगरपालिकाको कृषि शाखा प्रमुख दोमलाल भुसाल,प्रगतिशील महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पूर्व अध्यक्ष तथा सल्लाहकार एबम कार्यक्रम संयोजक राधा थापा, लेखा संयोजक गोपी पाण्डे लगायतको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा २६ वटा विद्युतिय स्प्रेयर तथा ६० के.जीं (Protective Fungicide, Dithane M-45) प्रमुख र विशिष्ट अतिथि मार्फत वितरण गरियो । ६० विगाहामा सामूहिक आलु खेती गर्दा विद्युतीय स्प्रेयरले कृषकहरुलाई सजिलो हुने भएकाले सो स्प्रेयर वितरण गरिएको संस्थाको अध्यक्ष सीता न्यौपाने उपाध्यायको भनाई छ । तिलोत्तमा नगरपालिका कार्यलयका नगरप्रमुख घिमिरेका अनुसार अब तिलोत्तमा नगरपालिका आलुमा आत्मनिर्भर हुने र यहाँको आलु ब्रान्डिङ् गरेर प्रदेश तथा देशका विभिन्न भागमा निर्यात गर्ने लक्ष्य यस परियोजनाको रहेको बताउनु भयो । कोभिड–१९ ले कृषि क्षेत्र ठप्प बनाएको समयमा यस परियोजनाले कृषि क्षेत्र चलाएमान बनाइ रोजगारीको अवसर सिर्जना गर्दै लाभग्राहीको जीवनस्तर उकास्न मद्धत पु¥याउने, यु.एन.डी.पी. फिल्ड अफिस (लुम्बिनी र गण्डकी प्रदेश प्रमुख) सुदिप अर्यालको भनाई छ ।


तालिमको सम्बन्धमा तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले विषादीको प्रयोग, मात्रा र प्रकार तथा कुन रोगमा कुन विषादी राख्ने भन्ने सम्बन्धमा तालिम प्रदान गर्नुभयो ।यस परियोजनाले कृषकहरुमा छुट्टै किसिमको उर्जा ल्याएको भन्दै उनीहरु नगरको कार्यक्रम सफल पार्न पूर्ण रुपले अघि बढ्ने समैया कृषक समूहका प्रतिनिधि बटै केवटको भनाइ रहेको छ । प्रवारानी कृषक समूहको सचिव राम बहादुर मल्लका अनुसार यस नगरका कृषक यस परियोजना मार्फत प्राप्त भएको अनुदानित बीउ, मल, औजार तथा विषादी (निःशुल्क) तथा प्राविधिक सर–सल्लाहप्रति आभार छन् र यस परियोजनाको सामूूहिक खेती प्रणालीलाई नमूना बनाइ यस परियोजनालाई भव्य रुपमा सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।


उक्त कार्यक्रम सञ्चालन संस्थाको व्यवस्थापक जमुना कुमारी गिरीले गर्नुभएको थियो भने समापन प्रगतिशील महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अभ्यक्ष सीता न्यौपाने उपाध्यायले गर्नुभएको थियो । परियोजनाका कार्यक्रम संयोजक नोबेल आचार्यले अहिलेसम्म परियोजना सहि ढङ्गले अघि बढेको र आगामी दिनमा पनि यसैगरि नगरपालिका र यु.एन.डी.पी. को साथले सहज हुने कुरा व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्