लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लियो खस्यौली युथले दियो,अपाङ्ग आश्रममा तिहारका सामाग्री सहित झिलिमिली

IMG

बुटवल,कार्तिक ३०-लियो क्लव अफ बुटवल खस्याैली युथले नेपाल अपाङ्ग आश्रम बुटवल ११ मा तिहार उल्लास कार्यक्रम गरेकाे छ । क्लवले तिहारमा आवश्यक पर्ने सामग्रीहरु बत्ती,टीका, माला ,फूल लगायतका मरमसलासहितका सामानहरु प्रदान गरेकाे क्लवका अध्यक्ष हाेमनाथ सापकाेटाले जानकारी दिए ।


क्लवका अध्यक्ष सापकाेटाकाे अध्यक्षता तथा प्रमुख अतिथि लियाे ३२५ बि २ जिल्ला परिषदका निबर्तमान अध्यक्ष सराेज कडेल,एरिया-४, सल्लाहकार गाेबिन्द बन्जाडे लगायतकाे सहभागिता रहेकाे थियाे । आश्रममा पुगेर उनीहरुले घर सजाउने झिलिमिली झालर बत्ती समेत जडान गरिदिएका छन् । साे अबसरमा कार्यक्रम संयाेजक बिकास पन्त, कार्यक्रम संचालक हिमाल बेल्वासे लगायतले बाेलेका थिए ।

कमेन्ट गर्नुहोस्