
बुटवल, कात्तिक २५ ।तिहारकाे अवसरमा बुटवलमा ३ दिने पुष्प मेला हुने भएकाे छ । पुष्प ब्यवसायी नेपाल बुटवलले कार्तिक २८,२९ र ३० गते कान्ति माविमा मेला लगाउने भएकाे हाे । तिहार अघि नै फूल फुलिसकेको हुदा पनि यो वर्ष फूल भारतबाट भित्रने पक्का रहेको अध्यक्ष किरण कुमार श्रेष्ठले बताए ।यो वर्ष १ लाख फूलका माला भारतबाट भित्रने तथा स्वदेशी ३० हजार माला बिक्री हुने अनुमान रहेको छ । फुल फुलाउने, बजारीकरण लगायत किसानलाई योजनाबद्घ तरिकाबाट लगिने उनले बताए ।यसवर्ष ९० प्रतिशत भारतबाट भित्रने आकलन छ।
किसानहरुलाई संगठित गरेर संकलन केन्द्र बनाएर चिस्यान केन्द्रको समेत तयारी रहेको उनले बताए ।फूलको चाडका रुपमा चिनिने तिहार नजिकिएसंगै यस क्षेत्रका पुष्प ब्यवसायीहरु संगठीत भएका छन । हरेक वर्ष स्वदेशी किसानले फुलको मूल्य नपाएको र उपभोक्ताले गुणस्तरिय फूल र मूल्य बढि तिर्नुपरेको गुनासा समाधान गर्ने रुपमा संस्था गठन गरिएको नवगठित अध्यक्ष किरण कुमार श्रेष्ठले बताए ।अब्यवस्थित बजारलाई ब्यवस्थापन गर्ने, मुल्यमा एक रुपता ल्याउने, प्रदेश र स्वदेशी किसानहरुलाई प्रोत्साहन गर्ने, सिजल ब्यवसायलाई ब्यवस्थित गर्दै लैजाने उनले बताए ।किरण कुमार श्रेष्ठको अध्यक्षतामा पुष्प ब्यवसायी नेपाल बुटवल गठन भएको छ । जसको सचिव असोक कार्की, कोषाध्यक्ष पुजन श्रेष्ठ तथा सदस्यहरुमा गोपाल शर्मा, मोहन पौडेल, अशोक थापा रहेका छन । रुपन्देहीका ४० जना ब्यवसायीहरु रहेका छन।
कमेन्ट गर्नुहोस्