लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पैचो नपत्याउनेसँगै सरकारले मल किन्ने

IMG

काठमाडौं । सरकारलाई बंगलादेशले पैचोमा मल दिन नपत्याएपनि सरकारले बंगलादेशसँगै मल किन्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशसँग मल किन्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।कृषि मन्त्रालयको प्रस्तावमा बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने निर्णयलाई मन्त्रिपरिषदले सैद्धान्तिक सहमती दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।मल आयातका लागि ठेक्का कबोल गरेका दुई ठेकेदार कम्पनी सारदा अधिकारीको शैलुङ इन्टरप्राइजेज र हरेराम कोइरालाको होनिको मल्टिपलले समयमा मल नल्याएपछि सरकारले बंगलादेशसँग मल पैंचो ल्याएर पछि तिर्ने प्रस्ताव गरेको थियो । तर बंगलादेशले पैंचो नपत्याएपछि सरकारले उसैसँग मल किन्ने निर्णय गरेको हो। ती कम्पीनहरुसँग कृषि सामग्री कम्पनी लिमिटेडले भाद्र महिना मित्र २५।२५ हजार मेट्रिक टन युरिया आपूर्ति गर्ने सम्झौता गरेको थियो ।


समयमा मल नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएनन् । सिमावर्तीका किसानहरुले भने भारतबाट चोरीबपैठारी गरि धानखेतमा मल हाले पनि सिमाबाट टाढा रहेका किसानहरुको मल नहाली धान पाकेको छ । सरकारले अब किन्न थालेको मल भने गहुँका लागि काम लाग्ने बताईएको छ ।आजको मन्त्रिपरिषद बैठकले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन तथा योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।कृषि मन्त्रालयले मल कारखानाका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ। त्यसकै आधारमा तीन मन्त्रीले प्रस्ताव तयार पार्नेछन्।

कमेन्ट गर्नुहोस्