लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्व बैंकद्वारा नेपाललाई साढे ९ अर्ब बराबरको कृषि परियोजना स्वीकृत

IMG

१३ कात्तिक, काठमाडौं । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको छ । नेपालको कृषि क्षेत्रको विकास र कोभिड महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनालाई स्वीकृत गरेको हो । यो परियोजनाले कृषि उपजका लागि ग्रामिण बजार सम्पर्क मजबुत गराउने उद्देश्य राखेको छ ।यसले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने विश्व बैंक समूहको विश्वास रहेको छ । खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।


समूहले आज उक्त परियोजना स्वीकृत गरेको नेपालस्थित कार्यालयले जानकारी गराएको छ । विश्व बैंकका माल्दिभ्स, श्रीलंका र नेपालका लागि कन्ट्री म्यानजर फारिस हदाद जर्वोसले यो परियोजना कृषिमा नेपाल ब्राण्ड स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्छन् ।नेपालले बढी सम्भावना बोकेका चिया, कफी, फलफुल तथा जडिबुटीलाई बजारिकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।विश्व बैंकका अनुसार यो परियोजना ५ प्रदेशमा केन्दि्रत हुने भएको छ । प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्