लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

tillotmacitynews - 2020 May 27 11:51 PM
IMG

काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 

देवकोटाका अनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सप्तरीका हुन् । 

यसैगरी कोसी प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् । 


यसैगरी हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा  मकवानपुरका १ र रौतहटका ७  जना  रहेका छन् । 


यसैगरी पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ । 


यसैगरी दाङको राप्तीमा गरिएको परीक्षणमा १८ जनामा पुष्टि भएको छ । जसमा रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् । 


भेरी अस्पतालमा गरिएको परीक्षणमा पनि १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकेका हुन् । 


यसैबीच राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना,  बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना, २८ जना रहेका छन् । 


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । 

कमेन्ट गर्नुहोस्