लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मंगलबार थप १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८३ पुग्यो

tillotmacitynews - 2020 May 27 02:48 AM
IMG

काठमाडौं, जेठ १३ । नेपालमा मंगलबार थप १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।


अर्घाखाँची र स्याङ्जा थप दुई नयाँ जिल्लासहित १४ जिल्लामा संक्रमण देखिएको हो ।


जसमा सबैभन्दा धेरै कपिलवस्तुमा र रौतहटमा संक्रमित भेटिएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कपिलवस्तुमा २६, रौतहटमा २२, सुर्खेतमा १२, बाँकेमा आठ, सिरहामा पाँच, बारामा पाँच, स्याङ्जा, अर्घाखाँची, महोत्तरी र गुल्मीमा दुईरदुईजना, धनुषा, कैलाली,  अछाम र रुपन्देहीका एकरएकजनामा संक्रमण देखिएको जानकारी दिए ।


प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीमा पनि ११ जनामा संक्रमण देखिएको छ ।


योसँगै नेपालमा ४६ जिल्लाका ७८३ जनामा संक्रमण देखिएको छ ।


मन्त्रालयले संक्रमणको आशंका गरी स्वास्थ्य परीक्षण गराउन जानेहरुलाई स्थायी ठेगाना र हाल बसिरहेको ठेगानासहितको विवरण स्पस्टरुपमा भर्न आग्रह गरेको छ ।


प्रवक्ता डा। देवकोटाले संक्रमितको संख्या बढ्दै गएको समयमा संक्रमितको नजिक रहेका व्यक्तिहरुको पहिचान गरी परीक्षण गर्न आवश्यक पर्ने हुँदा सही सूचना दिन आग्रह गरे ।


मन्त्रालयले संक्रमितको संख्या बढिरहेको समयमा एकपटक परीक्षण गराएर ‘नेगेटिभ’ देखिएका व्यक्तिहरु र संक्रमणलाई जितेका व्यक्तिहरुले जोखिम छैन भनेर लापरबाही नगर्न आग्रह गरेको छ । जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले सावधानी अपनाउन भनेको छ ।


यस्तै, मंगलबार वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत् ४३ जना संक्रमितहरु ‘डिस्चार्ज’ भएका छन् । योसँगै १५५ जनाले कोरोनालाई जितेका छन् ।


हाल देशभर ५२२ जना ‘आइसोलसन’मा उपचाररत् रहेका छन् ।


देशभर ५४ हजार ४२४ जनाको ‘पीसीआर’ परीक्षण भएको छ भने ९७ हजार ९६७ जनाको ‘आरडीटी’ परीक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्