लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार, २३ लाखभन्दा बढी संक्रमित

tillotmacitynews - 2020 Apr 20 05:20 AM
IMG

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार पुगेको छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या भने २३ लाख नाघेको छ।

मृत्यु भएका मध्ये झन्डै दुई तिहाई यूरोपेली मुलुकका रहेको एएफपीले जनाएको छ। कुल मृतकमध्ये एक लाख ७९४ जनाको यूरोपमा मृत्यु भएको छ।

युरोपमा कोरोना भाइरस संक्रमण १० लाख ७९ हजार ६५० जनामा देखिएको छ। बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटाली, स्पेन, फ्रान्स, बेलायत, जर्मनीलगायत छन्।

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा ३९ हजार ६८ जनाको मृत्यु भएको छ भने इटालीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाको मृत्यु भएको छ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको यो भाइरस विश्वका सबैजसो देशमा फैलिसकेको छ।

कमेन्ट गर्नुहोस्