लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा मेलमिलाप प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरी ले गर्नुभएको थियो भने नगर प्रमुख रामकृष्ण खाण प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगरपालिकाका सबै विषयगत समितिका संयोजक, कार्यपालिका सदस्य, नगरसभा सदस्य, वडा सचिव, शाखा प्रमुख तथा विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।


अभिमुखीकरण कार्यक्रममा स्थानीय तहमा हुने विवादको न्यायोचित, सहज र छिटो समाधानका लागि मेलमिलाप प्रणालीको महत्व, प्रचलित कानुनी व्यवस्था, मेलमिलापकर्ताको भूमिका, विवाद समाधानका प्रक्रिया तथा स्थानीय सरकारको जिम्मेवारीका विषयमा सहजीकरण गरिएको थियो।प्रमुख अतिथि नगर प्रमुख रामकृष्ण खाणले स्थानीय स्तरका सामान्य विवादहरू मेलमिलापमार्फत समाधान गर्न सकिए अदालतमा पुग्ने मुद्दाको संख्या घट्नुका साथै सामाजिक सद्भाव र आपसी विश्वाससमेत सुदृढ हुने बताउनुभयो। उहाँले जनप्रतिनिधि र कर्मचारीहरूले कानुनसम्मत, निष्पक्ष र प्रभावकारी रूपमा मेलमिलाप प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।


अध्यक्षता गर्दै उपप्रमुख जागेश्वरी देवी चौधरीले मेलमिलाप संस्कृतिको विकासले समुदायमा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले यस विषयमा थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनुभयो।कार्यक्रममा सहभागीहरूलाई मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था, व्यावहारिक प्रक्रिया तथा प्रभावकारी कार्यान्वयनका उपायबारे जानकारी गराइएको थियो। तिलोत्तमा नगरपालिकाले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, सहज र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्