लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका स्वयंसेवक र नगरप्रहरीलाई प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम

IMG

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा विपद् व्यवस्थापनमा संलग्न स्वयंसेवक तथा नगरप्रहरीलाई लक्षित गरी प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।


Namaste Kapilbastu Solution को आयोजनामा सम्पन्न कार्यक्रममा प्राथमिक उपचार, आकस्मिक अवस्थाको व्यवस्थापन, प्राथमिक उपचार सामग्रीको सही प्रयोग विधि तथा सुरक्षित स्वास्थ्य अभ्यास (सेफ हेल्थ टिप्स) सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो।कार्यक्रममा सहजीकरण गर्दै डा. विशाल काफ्ले ले दुर्घटना, विपद् तथा अन्य आकस्मिक घटनामा घाइतेको जीवन बचाउन प्राथमिक उपचारको ज्ञान र सीप अत्यन्तै महत्वपूर्ण हुने बताउँदै सही समयमा सही उपचारले जोखिम न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले प्राथमिक उपचारका आधारभूत विधि, रक्तस्राव नियन्त्रण, घाइतेको सुरक्षित व्यवस्थापन तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे सहभागीलाई जानकारी गराउनुभएको थियो।


कार्यक्रमका बारेमा जानकारी दिँदै सागर पाण्डेले विपद् व्यवस्थापनमा अग्रपङ्क्तिमा रहने स्वयंसेवक र नगरप्रहरीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता तालिमले विपद् तथा आकस्मिक अवस्थामा प्रभावकारी र सुरक्षित रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।तालिममा सहभागी स्वयंसेवक तथा नगरप्रहरीले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी समुदायमा सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्