लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१४ मा खानेपानीका धारा सुक्दा स्थानिय कठिनाइमा

IMG

दुर्गानगर । तिलोत्तमा नगरपालिका वार्ड नं १३ र १४ मा भुमिगत पानीका नल्का सुक्न थालेपछि स्थानियहरुलाइ दैनिक पानी आपुर्तिमा कठिनाइ परेको छ।


मानिसको प्रमुख आवश्यकता मध्येको महत्वपुर्ण खानेपानीको अभाव खटकिएपछि तिलोत्तमा १४ बासिहरु कठिनाइमा परेका छन। पानी अभावले पिउने पानि एबम दैनिक कामहरु भाडा माझन, कपडा धुन , सरसफाइ गर्न लगायतका कार्यमा पनि असर पारेको छ।    वडाका दुर्गानगर, टिकुलिगढ, बनकट्टि, रेहरा,जितपुर, बिन्दुनगर, मंगलपुर लगायत १३ नं वार्डका विभिन्न ठाउमा चरम गर्मि  बढेसँगै यो समस्या निम्तिएको हो , यहि समयमा धान रोपाइ हुने जसमा बोरिङ, पम्पसेट सञ्चालनमा आउने भएकाले घरका नल्काहरु सुक्दै गइरहेका छन।  प्रत्येक वर्ष दोहोरीने यो समस्याको समाधानका लागि स्थानिय निकायले उपयुक्त पहल गरेको देखिदैन। 


दुवै वार्डमा खानेपानि संस्थाहरुले घरघरमै पानिको धाराको सेवा  दिएतापनि विपन्न वर्ग जसलाइ छाक टार्न समेत गार्हो पर्छ उनिहरुको लागि यो उपयोगि हुन सकेको छैन। 

कमेन्ट गर्नुहोस्