लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुरुष भलिबल लिगको घोषणा

IMG

काठमाडौँ, असार ११ गते । केडिया ग्रुपले नेपाल भलिबल सङ्घको सहकार्यमा पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग (एनभिएल) आयोजनाको घोषणा गरेको छ ।


६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने लिग आगामी भदौ ४ देखि १२ गतेसम्म हुने बताईएको छ । बिहीबार आयोजित कार्यक्रमबिच केडिया ग्रुपले सहभागी ६ वटै टोली र त्यसको मालिक सार्वजनिक गरेको हो । घोषणा गरिएको टोलीहरुमा अन्नपूर्ण स्पाइकर किंस, कर्णाली शिवराज, काठमाडौँ रेड्स, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्म्यासर्स रहेको छ । दुई टोली थप्न सक्नेगरी आवेदन खुला गरिएको पनि बताईएको छ ।


‘उचाईको नयाँ उडान’ नारा दिईएको यस लिगबाट नेपालमा पुरुष भलिबल खेलाडीलाई ब्यवसायिक बनाउन केही टेवा पुग्ने विश्वास गरिएको छ । लिगका लागि नेपाल भलिबल सङ्घले प्राविधिक सहयोग गर्नेछ भने केडिया ग्रुपले भलिबल खेलको विकासका लागि सङ्घलाई वार्षिक ३५ लाख रुपियाँ प्रदान गर्नेछ । 

कमेन्ट गर्नुहोस्