लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोमा रूपन्देही च्याम्पियन

IMG

घोराही, असार ९ गते । दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८३ मा रूपन्देही जिल्ला आइटिएफ तेक्वान्दो सङ्घले च्याम्पियन बनेको छ ।  


प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा दुई दिनसम्म घोराहीमा भएको प्रतियोगितामा रूपन्देहीले चार स्वर्ण, तीन रजत र दुई कांस्य पदकसहित समग्रमा नौ पदक जित्दै च्याम्पियन हुन सफल भएको हो । च्याम्पियन बनेको रूपन्देहीले ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 


प्रतियोगितामा घरेलु टोली दाङ जिल्ला आइटिएफ सङ्घले चार स्वर्ण, एक रजत र दुई कांस्यसहित सात पदक जितेर दोस्राे बनेको छ । त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) आइटिएफ तेक्वान्दो सङ्घले तीन स्वर्ण, पाँच रजत र दुई कांस्य पदकसहित तेस्रो स्थान हुन सफल भएको छ । दोस्राे र तेस्रो बनेका दाङ र नवलपरासीलाई समेत ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त  प्रदान गरिएको थियो ।    लुम्बिनी प्रदेशका आठ जिल्लाका खेलाडी सहभागी भएको प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतम, लुम्बिनी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष रितमान कामु मगरलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

कमेन्ट गर्नुहोस्