लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा २ दिने नमुना युवा नगरसभा कार्यक्रम सम्पन्न,मेयर,उपमेयर बनेर नगरसभा संचालन

IMG

कुञ्जलापुर । तिलोत्तमा नगरपालिकाको आयोजनामा २ दिने नमुना युवा नगर सभा कार्यक्रम सोमबार सम्पन्न भएको छ। उद्घाटन कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले गर्नुभएको थियो भने समापन कार्यक्रममा शिक्षा अधिकृत धनी प्रसाद शर्माको अध्यक्षता रहेको थियो। २ दिने सो प्रशिक्षणमा प्रशिक्षक प्रकाश उपाध्यायले नगरसभा संचालन प्रक्रिया र तरिका एबम कानुनि प्राबधानहरुका बिषयमा प्रशिक्षण गर्नुभएको थियो।


कार्यक्रमका बिषयमा बोल्दै सामाजीक विकास समिति संयोजक एवं कार्यपालिका सदस्य रवि सेन्चुरीले युवाहरू आजका मात्र नभई भोलिका नीति निर्माता र नेतृत्वकर्ता भएकाले स्थानीय सरकारको संरचना, कार्यप्रणाली र निर्णय प्रक्रियाबारे जानकारी हुनु आवश्यक रहेकोले यस्तो खालो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।उहाँले नमुना युवा नगर सभा कार्यक्रमले युवाहरूलाई नगर सभाको अभ्यास गराउँदै नेतृत्व विकास, सार्वजनिक बोल्ने कला, तार्किक बहस तथा स्थानीय विकासका मुद्दामा पैरवी गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको कुरा व्यक्त गर्नुभयो। साथै युवाहरूलाई नगरको विकास र सुशासनका विषयमा रचनात्मक सुझाव दिन तथा स्थानीय तहका गतिविधिमा सक्रिय सहभागिता जनाउन समेत सेन्चुरीले आग्रह गर्नुभयो।


तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि १७ सम्मका प्रतिनिधिमूलक करिब १५० जना युवाको सहभागिता रहेको कार्यक्रममा शिक्षा अधिकृत धनी प्रसाद शर्माले युवाहरुले सिकाईको अवसरलाई ब्यबहारमा उतार्न आग्रह गर्दै नगरपालिकाको सबैखाले बिकास र सामाजिक कार्यमा युवाहरु अग्रसर हुनुपर्ने बताउनुभयो कार्यक्रममा शिक्षा शाखाकी रमा आचार्य, भूपति ज्ञवाली लगायतको उपस्थिति रहेको थियो। सॉ वास्रमा अबोल्दै सहभागीको तर्फबाट प्रशिक्षार्थी मनिषा पाण्डेयले छोटो समयमै स्थानिय सरकार चलाउने बिधि प्रक्रोया सिक्न पाएकोमा निकै खुसि भाको बताउनुभयो। कार्यक्रममा नगरपालिकाको विकास निर्माण, नीति तथा योजना सम्बन्धी छलफल, सभा सञ्चालन, नेतृत्व विकास, पैरवी गर्ने सीप तथा स्थानीय सरकारको कार्यप्रणालीबारे ज्ञान प्रदान गरिएको प्रशिक्षक प्रकास उपाध्यायले बताउनुभएको छ। सहभागी युवाहरूलाई नमुना नगर सभाको व्यावहारिक अभ्याससमेत गराई मेयर , उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य , बिषयगत समितिका संयोजक तथा नगर सभा सदस्य बनाई सबैलाई बोल्ने र नगर सभा संचालन गर्ने ब्यबहारिक कक्षा गराइएको संयोजक भूपति ज्ञवालीले बताउनुभयो। 

युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्दै स्थानीय तहको नीति निर्माण तथा निर्णय प्रक्रियाप्रति चासो र सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्