लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल उपमहानगरपालिकाले गर्यो पढाईसँगै रोजगार कार्यक्रम सुरु

IMG

बुटवल, जेठ ३० गते । बुटवल उपमहानगरपालिकाले पढाईसँगै रोजगार कार्यक्रम सुरु गरेको छ ।


उक्त कार्यक्रम अन्तर्गत उपमहानगरले एक सयजना विद्यार्थीलाई ट्राफिक व्यवस्थापनमा खटाउने भएको हो ।ट्राफिक व्यवस्थापनमा खटिने विद्यार्थीका लागि उपमहानगरपालिकाले क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।


बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अध्ययनसँगै रोजगारी गर्न चाहने विद्यार्थीलाई लक्षित गरि पढाईसँगै रोजगार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले खटिएको ठाउँमा उत्कृष्ट सेवा प्रवाह गर्न विद्यार्थीसँग आग्रह गर्नुभयो । नगर प्रमुख पाण्डेयले यस्तो कार्यक्रम देशभरमै नयाँ भएको भन्दै कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी वर्ष समयावधि र सहभागीको सङ्ख्या बृद्वि गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।


सो अवसरमा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढापाकाले यस्ता कार्यक्रमले विद्यार्थीका लागि रोजगारी पनि हुने र सडक सचेतनाले दुर्घटनामा कमी आउने विश्वास विश्वास व्यक्त गर्नुभयो । बुटवल उपमहानगरपालिका रोजगार प्रवद्र्धन शाखाका प्रमुख अरविन्द पाण्डेले बढ्दो दुर्घटना नियन्त्रण गर्न सहयोग पनि पुग्ने र अध्ययनको क्रममा रहेका विद्यार्थीलाई आवश्यक खर्च पनि हुने भएकोले यो कार्यक्रम लोकप्रिय हुने बताउनुभयो ।


पढाईसँगै रोजगार कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाले यसअघि एकसय जना विद्यार्थीलाई राजस्व व्यवस्थापनमा खटाइसकेको छ ।

कमेन्ट गर्नुहोस्