
कोटिहवा। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका सदस्यका एसईई उत्तीर्ण छोराछोरीलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरेको “एसईई उत्तीर्ण जनउत्थानका नवकर्णधार सम्मान कार्यक्रम–२०८३” र साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम समेत सम्पन्न गरेको हो।
कार्यक्रममा एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका ९० जना विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै शिक्षा, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गरिएको थियो।संस्थाका अध्यक्ष गिरीप्रसाद पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरु रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले “प्रविधिको दुरुपयोग, नेपालमा साइबर अपराध र हाम्रो सुरक्षा” विषयमा प्रशिक्षणात्मक प्रस्तुति दिँदै डिजिटल प्रविधिको सुरक्षित प्रयोग, सामाजिक सञ्जालको जिम्मेवार उपयोग तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराउनुभयो।
त्यसैगरी, जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले वित्तीय साक्षरतासम्बन्धी सहजीकरण गर्दै विद्यार्थीहरूलाई बचतको महत्व, आर्थिक योजना तथा वित्तीय अनुशासनका विषयमा जानकारी दिनुभयो।कार्यक्रममा संस्थाका कोषाध्यक्ष निलप्रसाद पुन, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले सम्मानित विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै भविष्यमा समाज र राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति बन्न आग्रह गरेका थिए।
संस्थाकी सचिव अञ्जु जैसीले सञ्चालन गर्नुभएको कार्यक्रमले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै शिक्षा र सामाजिक उत्तरदायित्वप्रति सहकारी संस्थाको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।४३ हजार शेयर सदस्य रहेको सँथाको १० वटा सेवा छ भने सन्थाको पूँजी ४ अर्ब ९० करोड रहेको सँरलथाको अध्यक्ष गिरी प्रसाद पुनले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्