लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आदीबासी जनजातिहरुको नेतृत्त्व,उद्घोषण,कानुन,आइएलओ सम्बन्धि तालिम सम्पन्न

IMG

शंकरपुर।नेपाल आदिबासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय परिषद् को आयोजनामा "नेतृत्व बिकास, उदघोषण, कानुन तथा अन्तर्राष्ट्रिय सन्धी आइ.एल.ओ.(ILO) १६९ "सम्बन्धि ७ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।


तालिमको समापन गर्दै अध्यक्ष गंगा कुमारी छन्त्यालले सिप सिकेर आत्मनिर्भर बन्न र ढुक्क संग आफ्नो कुरा राख्न तथा नेतृत्त्वका लागि तालिमलाई ब्यबहारमा उतार्न सबै प्रशिक्षार्थिहरुलाई आग्रह गर्नुभयो। समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तिलोत्तमा नगरपालिकाका नगर उप-प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि जगेश्वर देबी चौधरीले प्रशिक्षार्थिहरु एकजुट भएर आदिबासी जनजातिहरुको मुद्धालाई शसक्त ढंगले उठाउन आग्रह गर्नु भयो।  कुनै पनि फिल्डमा नेतृत्त्व लिन सक्नेलाई बोल्ने कुराले ठुलो भूमिका खेल्ने हुँदा सिप सिकेर ब्यबहारमा उतार्न सबै युवा सहभागीहरुमा आग्रह गर्नुभयो । ६ वटै एकल जातिय समुदायको तर्फबाट ५० जनाको सहभागीता रहेको सो कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ तिलोत्तमा नगर समितीको सहकार्य रहेको अध्यक्ष छन्त्यालले बताउनुभयो।


सो समापन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सल्लाहकार तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका  सदस्य नर बहादुर छन्त्यालले तालिम तथा अभिमुखिकरंणले व्यक्तिगत क्षमता बढ्नुका साथै समाजमा बृहत एकता कायम राख्न सहयोग पुग्ने बताउनुभएको थियो । सो अवसरमा बोल्दै सल्लाहकार खुम बहादुर थापा, आशा  गुरुङ, छत्र बहादुर दर्लामी, दिलमाया गुरुङ, नुम बहादुर कुमाल, टेक बहादुर गुरुङ लगायतले आफ्नो धारणा राख्दै प्रशिक्षार्थिले छोटो समयमै बोल्न सिक्ने कला र आइएलओ सम्बन्धि जानकारी राखी समाजमा त्यस सम्बन्धि कुरालाई ब्यबहारमा उतार्न सबै सफल हुनेमा बिश्वस्त भएको बताउनुभएको थियो। कार्यक्रममा प्रशिक्षकको तर्फबाट पत्रकार तथा फ़ोनिजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सरु राना,प्रशिक्षार्थिको तर्फबाट कबिता गुरुङ, खिम बहादुर पुन लागयातले बोल्दै तालिम आशा गरे भन्दा राम्रो र ब्यबहारिक रहेकोले आयोजकलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो।


तालिममा सहभागी सबैलाई शुभकामना दिंदै महासंघका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर कनौजे मगरले स्वागत मन्तव्य गर्नुभएको थियो भने कार्यक्रम संचालन  सचिब धन बहादुर चौधरीले गर्नुभएको थियो । ५० जना सहभागी रहेको सो तालिम जेष्ठ २१ गतेबात संचालन भएको थियो। भने तालिमको संचालनका लागि आर्थिक सहयोग तिलोत्तमा नगरपालिकाले गरेको थियो। उद्घोषण तथा नेतृत्त्व बिकास र माइन्युट सम्बन्धि तालिम प्रशिक्षण प्रशिक्षक सरु राना र मोहन न्यौपानेले गर्नुभएको थियो भने कानुन र आइएलओ सम्बन्धि प्रशिक्षण अधिबक्ता केशबसिंह चौधरीले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्