लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हरियाली टोल तिलोत्तमा–५ को दोस्रो अधिवेशन तथा चौथो साधारणसभा सम्पन्न

IMG

मणिग्राम। तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित हरियाली टोल विकास संस्थाको दोस्रो अधिवेशन तथा चौथो साधारणसभा सम्पन्न भएको छ। संस्थाका निवर्तमान अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले संस्थाको वार्षिक गतिविधिको समीक्षा गर्नुका साथै नयाँ नेतृत्व चयन गरेको छ।


कार्यक्रममा संस्थाका सल्लाहकार मेघराज कँडेल, तिलोत्तमा नगरपालिका वडा नं. ५ का वडा सदस्य हिरा गिरी (डायमण्ड) लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले टोल विकास संस्थाले समुदायमा खेलेको भूमिका, सामाजिक एकता, सरसफाइ, विकास निर्माण तथा स्थानीय समस्याको समाधानमा पुर्‍याएको योगदान साथै टोलमा रहेका सार्बजनिक जग्गा संरक्षणका बारेमा चर्चा गरेका थिए।अधिवेशनका लागि गठित निर्वाचन मण्डलको संयोजकमा बामदेव खनाल तथा सदस्यमा डिलप्रसाद तिवारी र बिमला अर्याल रहनुभएको थियो। निर्वाचन मण्डलले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको जनाएको छ।


अधिवेशनबाट हरिप्रसाद पोख्रेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा घनश्याम तिवारी, सचिवमा दामोदर पोख्रेल र कोषाध्यक्षमा महादेव देवकोटा चयन हुनुभएको छ।त्यस्तै कार्यसमितिका सदस्यहरूमा सीता पोख्रेल, उमा पाण्डे, जीवन परियार, हिमलाल गिरी तथा श्याम चौधरी चयन हुनुभएको छ।नवनिर्वाचित अध्यक्ष हरिप्रसाद पोख्रेलले संस्थाप्रति सदस्यहरूले व्यक्त गरेको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै टोलको समग्र विकास, सामाजिक सद्भाव, सरसफाइ, वातावरण संरक्षण तथा समुदायका साझा मुद्दामा सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले टोलवासीको सक्रिय सहभागितामार्फत संस्थालाई अझ प्रभावकारी बनाइने बताउनुभयो।


कार्यक्रममा वक्ताहरूले टोल विकास संस्था स्थानीय सरकार र समुदायबीचको महत्वपूर्ण पुलका रूपमा रहेको उल्लेख गर्दै विकास निर्माण, सामाजिक जागरण तथा नागरिक सहभागिता अभिवृद्धिमा यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए।साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका योजना र कार्यक्रममाथि छलफल गरी अनुमोदन गरेको थियो। साथै समुदायको आवश्यकता र प्राथमिकतालाई आधार बनाएर आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।नयाँ नेतृत्व चयनसँगै हरियाली टोल विकास संस्थाले टोलवासीको सहयोग र सहभागितामा समुदायको समृद्धि, विकास र सामाजिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्