लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश तेक्वान्दो सङ्घमा रिजाल

IMG

काठमाडौँ, जेठ १४ गते । लुम्बिनी प्रदेश तेक्वान्दो सङ्घको अध्यक्षमा विमल रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । तुलसीपुरमा बिहीबार  भएको तेस्रो अधिवेशनबाट रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । 


रिजाल सङ्घको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । सङ्घको उपाध्यक्षद्वयमा विनिल केसी र राजिवसिंह क्षेत्री तथा कोषाध्यक्षमा देवबहादुर केसी निर्विरोध चयन हुनुभएको छ । सचिवमा मोहन सुनार मनोनीत हुनुभयो । 


सदस्यहरुमा रितु राना, बमबहादुर विक, दुर्गाबहादुर खड्का, सचिन पौडेल, डम्मरबहादुर बुढाथोकी, वीरबहादुर रावत (विरु), दीपेन्द्र रिजाल, सपना बस्नेत, नारायणीकुमारी वली, श्याम घले र सावित्रा गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

कमेन्ट गर्नुहोस्