लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको सामाजिक विज्ञान सम्मेलन सम्पन्न, बिज्ञद्वारा अनुसन्धानमूलक विषयमा प्रस्तुति

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा "विज्ञको ज्ञान तिलोत्तमाको पहिचान" भन्ने नारा सहित ‘तिलोत्तमा समाज विज्ञान सम्मेलन–२०८३’ गरेको छ । मंगलबार भएको उक्त सम्मेलन कार्यक्रममा सामाजिक, शैक्षिक तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक विषयमा छलफल र प्रस्तुतीकरण गरिएको थियो ।सम्मेलनमा नगरपालिका भित्रका विविध विषय समेटिएका नौ वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रम संयोजक रवि सेन्चुरीले बताए ।


डा.अशोक भण्डारीले “तिलोत्तमामा कार्यबल विविधता: समस्या तथा अवसर” विषय प्रस्तुत गरेका थिए, जसमा डा.ओमप्रकाश अर्याल ले टिप्पणी गरेका थिए। राजेन्द्र केसीले “तिलोत्तमा नगरपालिकाको दिवा खाजा कार्यक्रम: अभ्यास, धारणा र सम्भाव्यता” विषयमा प्रस्तुति दिएका थिए भने बसन्त जोशी ले टिप्पणी गरेका थिए। लक्ष्मी सुनारले “स्थानीय राजनीतिमा दलित महिलाको अवस्था : तिलोत्तमाको केस अध्ययन” विषय प्रस्तुत गरेकी थिइन्, जसमा शंकर भण्डारीले टिप्पणी गरेका थिए।सुबोध खनालले “अटिजममा नगरपालिकाको संलग्नताको प्रभावकारिता मूल्याङ्कन” विषय प्रस्तुत गरेका थिए भने डा. कौशलराज गौतमले टिप्पणी गरेका थिए । रजनी केसीले “बाल क्लब : विद्यार्थी नेतृत्व विकासको माध्यम” विषय प्रस्तुत गरेकी थिइन्, जसमा लक्ष्मण भण्डारीले टिप्पणी गरेका थिए।


चन्द्रप्रकाश न्यौपानेले “तिलोत्तमा नगरपालिकाका उत्पादनमूलक उद्योगका कर्मचारीको रोजगार तथा कार्य सन्तुष्टि” विषयमा प्रस्तुति दिएका थिए भने राजेन्द्र थापाले टिप्पणी गरेका थिए। प्रकाश कोइराला, कृष्ण काफ्लेले “स्थानीय विकासमा नागरिक सहभागिता : टोले विकास संस्थाको अध्ययनन” विषय प्रस्तुत गरेका थिए, जसमा कमल थापाले टिप्पणी गरेका थिए।खेमेन्द्र थापा क्षेत्रीले “अटिस्टिक बालबालिकामा भाषा सीप विकास : शिक्षकका रणनीति तथा चुनौती” विषयमा प्रस्तुति दिएका थिए भने डा. अरुण क्षेत्रीले टिप्पणी गरेका थिए।रामचन्द्र श्रेष्ठले “स्मृतिमार्फत स्थान निर्माणको मार्गदर्शन” विषय प्रस्तुत गरेका थिए, जसमा माधवकुमार पौडेलले टिप्पणी गरेका थिए । सम्मेलनमा डा. दिपेश घिमिरेले “नेपालमा गरिबीमा सांस्कृतिक पूँजीको भूमिका” विषयमा प्रस्तुति दिएका थिए भने डा. भास्कर गौतमले “स्थानीय ज्ञान इको–सिस्टम” सम्बन्धी अवधारणा प्रस्तुत विशेष प्रस्तुती दिएका कार्यक्रम संयोजक रवि रेन्चुरीले बताए ।


कार्यक्रमको उद्धघाटन तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले नगरपालिकाले नगरको सम्रग समाजको विकासलाई विशेष ध्यानमा राखेर भौतिकसंगै मानविय बिकासका लागि अघि बढेको बताए ।कार्यक्रम उपसचिव तथा शिक्षा, युवा र खेलकुद शाखा प्रमुख गंगाराम आचार्यको अध्यक्षता नगरप्रमुख खाँणको प्रमुख आथित्यता, उपप्रमुख जगेश्वर देवि चौधरीको विशिष्ट आथित्यता र रमा आचार्यको संचालनमा सम्पन्न भएको थियो । 

कमेन्ट गर्नुहोस्