लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–१४ मा शिक्षक प्रोत्साहन कार्यक्रम सम्पन्न

IMG

टिकुलिगढ ।  तिलोत्तमा नगरपालिका वडा नं. १४ ले शिक्षकहरूको सम्मान र हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित आज वडा कार्यालय भवनमा “शिक्षक प्रोत्साहन कार्यक्रम” सम्पन्न गरेको छ। 


कार्यक्रममा वडाभित्र रहेका चार सामुदायिक विद्यालयका ९३ जना शिक्षक–शिक्षिकालाई झोला प्रदान गर्दै सम्मान गरिएको थियो साथै वडाका विभिन्न संघ सस्था, आमासमुह, क्लब, कर्मचारी गरी १२ जनालाइ उत्कृष्ट कार्य गरेबापत दोषल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो । जसअन्तर्गत वडा कार्यलयका कम्प्युटर अपरेटर क्षितिज हमाल उपाध्याय, टिकुलिगढ स्वास्थ्य चौकिका सि.अनमि सन्जु ड्ङगोल ले सम्मान पाए साथै उत्कृष्ट शिक्षक अन्तर्गत टिकुलिगढ माविका कौशिला गैरे , दुर्गा माविका विष्णु पौडेल, सरस्वती आधारभुत विधालयका रिनु थारु, दुर्गा संस्कृत वेद वेदाङ्ग विधापिठका नारायण प्रसाद आचार्यले सम्मान पाए । पुर्व वडास्तरिय टोल संजालका अध्यक्ष देव बहादुर बगाले, बागदुरा देविनगर टोल विकासका अध्यक्ष दल बहादुर थापा, नमुना टोल विकासका अध्यक्ष खुमानसिङ रानाले सम्मान पाए  ।  क्लबहरु अन्तर्गत समपुर्ण युवा क्लव, सामुदायिक महिला संयमसेविका अन्तर्गत कमला कार्कि, आमा समुह अन्तर्गत समावेसि महिला समुहलाले सम्मान पाउन सफल भएका थिए । शिक्षा क्षेत्रको विकासमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वक्ताहरूले शिक्षकलाई सम्मान र प्रोत्साहन गर्नु समाजको दायित्व भएको बताएका थिए।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष अश्विन पौडेल ले गुणस्तरीय शिक्षाका लागि शिक्षकको मनोबल उच्च हुनु आवश्यक रहेको बताए। उनले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न वडा निरन्तर लागिपरेको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। त्यस्तै तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी ले शिक्षकहरू राष्ट्र निर्माणका आधार भएको उल्लेख गर्दै समुदाय र स्थानीय तहले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।


कार्यक्रममा पूर्व टोल सञ्जाल अध्यक्ष देव बहादुर बगाले, टोल सञ्जाल अध्यक्ष चक्रप्रसाद पुन, टिकुलिगढ माध्यमिक विद्यालय का प्रधानाध्यापक शंकरदत्त उपाध्याय तथा टिकुलिगढ शैक्षिक मञ्च का अध्यक्ष श्याम खरेलले शिक्षकहरूको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले शिक्षा क्षेत्रप्रति सकारात्मक ऊर्जा थप्ने बताएका थिए। वक्ताहरूले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन शिक्षक, अभिभावक, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमले शिक्षकहरूलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वाससमेत व्यक्त गरिएको थियो। कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारी , टोल विकास संस्थाका पदाधिकारी, विभिन्न संघ सस्थाका पदाधिकारी, विधार्थि एवम समाजसेवी हरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्