लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रथम तिलोत्तमा बाल सम्मेलन–२०८३ सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

IMG

तिलोत्तमा । तिलोत्तमा नगरस्तरीय प्रथम बाल सम्मेलन–२०८३ सम्पन्न भएको छ । तिलोत्तमा नगरस्तरीय बाल सञ्जालको आयोजनामा सम्पन्न सम्मेलनले बाल अधिकार, बालमैत्री स्थानीय शासन र बाल सहभागितालाई केन्द्रमा राख्दै १६ बुँदे घोषणापत्र जारी गरेको हो ।


सम्मेलनमा तिलोत्तमा नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष महिमा खनालको अध्यक्षता रहेको थियो भने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपप्रमुख जागेश्वरी देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्य लगायतको विशेष उपस्थिति रहेको थियो ।त्यसैगरी वडा अध्यक्षहरू गणेश पाठक, डिलबहादुर भट्टराई, खेमराज गुरुङ, नारायण ढकाल, कार्यपालिका सदस्यहरू सुरेन्द्र श्री, रवि सेन्चुरी, राधा शाही, नरबहादुर छन्तेल, सदस्य डायमण्ड गिरि, सुनिल्का खवास, नारायणबहादुर क्षेत्रीलगायत विभिन्न जनप्रतिनिधि, शिक्षक, सरोकारवाला तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो ।


कार्यक्रममा बाल सञ्जालका सदस्य प्रेम पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव आकृति पाण्डेले गर्नुभएको थियो ।सम्मेलनअन्तर्गत बाल अधिकार तथा बाल सहभागितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । साथै “बालमैत्री स्थानीय शासन : सञ्चालन, अवस्था, चुनौती र सम्भावना” विषयमा प्यानल डिस्कसनसमेत आयोजना गरिएको थियो । छलफलमा सहभागी वक्ताहरूले स्थानीय तहमा बालमैत्री नीति कार्यान्वयन, बालबालिकाको नेतृत्व विकास, सुरक्षित सिकाइ वातावरण तथा बाल अधिकार संरक्षणका विषयमा धारणा राखेका थिए ।


सम्मेलनले बालबालिकाको क्षमता विकास, शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता तथा नेतृत्व प्रवर्द्धनका लागि विभिन्न सुझाव समेटिएको १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ ।सम्मेलनमा सहभागी बालबालिकाले स्थानीय तहको नीति निर्माण र निर्णय प्रक्रियामा बाल सहभागिता सुनिश्चित गर्नुपर्ने, विद्यालय तथा समुदायलाई थप बालमैत्री बनाउनुपर्ने तथा बाल अधिकार कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्