लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा वडास्तरीय वडाकप फुटबल प्रतियोगिता सुरु,वडानम्बर ९ र ३ बिजयी

IMG

तिलोत्तमा । तिलोत्तमा नगरस्तरीय वडा कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा उमा आधारभूत विद्यालय स्थित झरना खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नगरका १६ वटा वडाको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनको अध्यक्षता रहेको थियो भने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपप्रमुख जागेश्वरी देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्य लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी वडा अध्यक्षहरू देवी पंगेनी, रमेश डुम्रे, विष्णु बराल क्षेत्री, नारायण ढकाल, कार्यपालिका सदस्यहरू सुरेन्द्र श्री, राधा शाही, नरबहादुर छन्तेल, सदस्य डायमण्ड गिरि, सुनिल्का खवास, विद्यालय व्यवस्थापन समिति अध्यक्ष छत्रबहादुर दर्लामी, शिक्षा अधिकृत धनीप्रसाद शर्मा, शाखा प्रमुख सीता घिमिरे तथा इलाका प्रहरी कार्यालय मङ्गलापुरका इन्चार्जलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मनोज क्षेत्रीले गर्नुभएको थियो ।

प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा वडा नम्बर ९ ले वडा नम्बर १२ लाई ७–० गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा वडा नम्बर ९ का जर्सी नम्बर ६ का अशोक घर्ती मगर म्यान अफ द म्याच घोषित भएका छन् ।त्यसैगरी दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ५ लाई ७–० गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा वडा नम्बर ३ का जर्सी नम्बर ७ का सचिन ब्याम्बो म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताअन्तर्गत भोलि बिहान ७ बजे वडा नम्बर ४ र वडा नम्बर १४ बीच प्रतिस्पर्धा हुने छ । यस्तै दिउँसो ४ बजे अर्को खेल सञ्चालन हुने तिलोत्तमा नगर खेलकुद विकास समितिका सदस्य शोभित दर्लामीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्