लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्रामको सरसफाई यात्रा, हस्पिटालिटीसंगै सामाजिक कार्य

IMG

तिलोत्तमा । ड्रिमल्याण्ड गोल्ड रिसोर्टले “स्वच्छ वातावरणमा हस्पिटालिटी” भन्ने उद्देश्यका साथ सरसफाई क्याम्प सञ्चालन गरेको छ । रिसोर्टले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वरपरका क्षेत्रको सरसफाई अभियान सञ्चालन गरेको हो । सरसफाई कार्यक्रममा करिब ५० भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरुले रिसोर्ट आसपासका क्षेत्र सफा गर्दै वातावरण संरक्षण तथा स्वच्छताको सन्देश प्रवाह गरेका थिए ।


यस क्षेत्रकै पुरानो तथा भरपर्दो हस्पिटालिटी सेवाका रुपमा परिचित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको छ। रिसोर्टमा लजिङ्ग तथा फुडिङ्ग सुविधासहित स्विमिङ पुल, सेमिनार हल, बैंक्वेट हल तथा वातानुकूलित सफा र स्वच्छ वातावरणमा आरामदायी सेवा उपलब्ध रहेको व्यवस्थापनले जनाएको छ ।रिसोर्टले आगामी दिनमा पनि सरसफाई तथा सामाजिक सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


कमेन्ट गर्नुहोस्