लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाण्डौका सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार ३१६ जना विस्थापित

IMG

काठमाण्डाै – सरकारले काठमाण्डाैका १९ वटा सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार ३ सय १६ जना विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ जना बालिका छन् ।


सङ्घीय सरकारले पालिकासँगको समन्वयमा यही वैशाख १२ गतेदेखि काठमाण्डाैका विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराएकोमा अहिलेसम्म २ हजार ६८७ घरटहरामा डोजर चलाइएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।प्रशासनको तथ्याङ्कअनुसार ८९० वटा पक्की र १ हजार ७९७ वटा कच्ची घरमा डोजर चलेको छ ।


सरकारले काठमाण्डाैकाे थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, वंशीघाट, शङ्खमूल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्ण मन्दिर, कपन र साततले क्षेत्रमा डोजर प्रयोग गरी बस्ती खाली गराएको हो ।

कमेन्ट गर्नुहोस्