
कर्मडांडा। ओमसतिया गाउँपालिका–२ कर्मडाँडामा २५७० औँ बुद्ध जयन्तिको अवसरमा बुद्ध जयन्ति विशेष शुभकामना आदानप्रदान तथा जयन्ती सभा सम्पन्न भएको छ। श्री ज्ञान दीप बौद्ध गुम्बाको आयोजनामा सम्पन्न कार्यक्रममा बुद्धको मूर्तिमा माल्यार्पण गर्दै बुद्ध प्रार्थना गरिएको थियो।
कार्यक्रमका अध्यक्ष डम्बर बहादुर गुरुङले बुद्ध जयन्तिको शुभकामना व्यक्त गर्दै सबैको सहयोगले गुम्बा निर्माण कार्य अघि बढिरहेको र निकट भविष्यमा ठूलो सभा हल निर्माण गरिने जानकारी दिनुभएको थियो। उहाँले गुम्बा निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि तथा मन्जित कुमार यादव सोनुले बुद्धको शान्ति सन्देश विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो। गाउँपालिकाको सहयोगमा निर्माण भएको गुम्बाको स्टोर हलको उद्घाटन गर्दै उहाँले गुम्बा निर्माण कार्यमा आफू सधैँ सकारात्मक सहयोगका साथ उपस्थित रहने प्रतिबद्धता जनाउदै गाउपालिका धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न सहयोगी बन्दै आफु तयार रहेको बताउनुभयो ।
निवर्तमान अध्यक्ष नन्द बहादुर गुरुङले सबैको सहयोगले गुम्बा निर्माण कार्य सहज बनेको उल्लेख गर्दै आगामी दिनमा अझै सहयोगको आवश्यकता रहेको बताउनुभयो। स्वागत मन्तव्य राख्दै कृष्ण बहादुर गुरुङले बुद्धको शान्ति सन्देशले समाजलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका सञ्चालक दिल गुरुङले हाल गुम्बाको माथिल्लो तलामा रहेको सभाहल साँघुरो भएकाले प्रदेश सरकारको १० लाख रुपैयाँ सहयोगमा नयाँ हल निर्माण गरिने तथा गाउँपालिकाको ५ लाख रुपैयाँ सहयोगमा गुम्बाको स्टोर कोठा निर्माण गरिएको जानकारी दिनुभएको छ।कार्यक्रममा सल्लाहकार माया गुरुङ, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद ओमसतिया प्रतिनिधिहरु तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो भने विभिन्न तरिकाले गुम्बामा सहायोग गर्ने समाजसेवीहरुलाई सम्मान समेत गरिएको थियो।
कमेन्ट गर्नुहोस्