लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पल शाहको नक्कली दारीले ट्रोल भएको फिल्म युट्युबमा रिलिज

IMG

बुटवल- युट्युबमा नेपाली चलचित्र सार्वजनिक हुने क्रम पछिल्लो समय बढ्दो छ। यसै क्रममा केही समयअघि रिलिज भएको नेपाली चलचित्र रावायण युट्युबमा रिलिज भएको छ। हिजो मात्र रिलिज भएको चलचित्र हल रिलिजको समयमा पल शाहको दारी नक्कली र नसुहाएको भनि दर्शकबाट ट्रोल हुन पुगेको थियो। 



एक्सन–ड्रामा जनरामा बनेको “रावायण” मा मुख्य भूमिकामा चर्चित कलाकारहरू देखिएका छन्। फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडीलाई दर्शकले मन पराएका छन्। फिल्मका निर्माता सुदर्शन थापाहुन् भने निर्देशन पनि उनी स्वयंले गरेका हुन्।

संगीततर्फ फिल्मका गीतहरू, विशेषगरी रोमान्टिक र इमोशनल ट्र्याक, दर्शकमाझ लोकप्रिय बन्दै गएका छन्। फिल्मको छायांकन तराइ क्षेत्रमा भएको र कथावस्तु गुन्डागर्दी एवम पारिवारिक मिश्रणका रुपमा देख्न सकिन्छ।   फिल्म ओएसआर युट्युब च्यानलबाट रिलिज भएको हो ।


फिल्म लिङ्क



कमेन्ट गर्नुहोस्