लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरसभाको २०औँ अधिवेशन सम्पन्न

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाको नगरसभाको २०औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशन नगरसभाका सभाध्यक्ष तथा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न भएको हो।


अधिवेशनमा उपप्रमुख तथा न्यायिक समितिका संयोजक जगेश्वर देवी चौधरीले न्यायिक सम्पादनसम्बन्धी कार्यपत्रसहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदनमा न्यायिक समितिले गरेका कार्यहरू, समाधान भएका विवाद तथा प्रक्रियागत प्रगतिबारे जानकारी गराइएको थियो।नगरसभामा सदस्यहरूले उठाएका विभिन्न जिज्ञासा तथा प्रश्नहरूको समाधानका लागि नगर प्रमुख खाणले स्पष्टिकरण दिनुभएको थियो। छलफलका क्रममा नगरपालिकाभित्रका विद्यालय समायोजन, तह मिलान तथा १० प्रतिशत छात्रवृत्ति सम्बन्धी विषयमा बृहत् छलफल भएको थियो।


कार्यपालिका बैठकबाट निर्णय भइसकेका विद्यालयसम्बन्धी विषयबाहेक अन्य विभिन्न निर्णय तथा प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो।नगरसभाले विभिन्न नीति तथा कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै अधिवेशन सम्पन्न गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्