लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा निर्वाचन क्षेत्र लक्षित आवश्यकता पहिचान कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा, रुपन्देही / तिलोत्तमा नगरपालिकामा “निर्वाचन क्षेत्र लक्षित आवश्यकता पहिचान कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही तथा कृषि ज्ञान केन्द्र रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो।


कार्यक्रमको अध्यक्षता तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीको उपस्थिति रहेको थियो। साथै, नगर उपप्रमुख जगेश्वर देवी चौधरीलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा कृषिक्षेत्रमा देखिएका समस्या, वर्तमान अवस्था तथा कृषकहरूले भोगिरहेका चुनौतीहरूबारे विस्तृत छलफल र मन्थन गरिएको थियो। सहभागीहरूले उत्पादन वृद्धि, बजार व्यवस्थापन, प्राविधिक सहयोग अभाव, पशु स्वास्थ्य सेवा तथा कृषिमा आधुनिकीकरण जस्ता विषयमा आफ्नो धारणा राखेका थिए।कार्यक्रममा लुम्बीनि प्रदेशमा कृषिको अवस्थाका बारेमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । 


यस कार्यक्रमले स्थानीय तहमा कृषि क्षेत्रका आवश्यकता पहिचान गरी नीति निर्माण र कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। साथै, सरोकारवाला निकायबीच समन्वय र सहकार्य बढाउँदै कृषकका समस्या समाधानतर्फ ठोस कदम चालिने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्