लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"युवाका लागि युवा"ले गर्यो राजनीतिमा युवाको भुमिका केन्द्रित बहस

IMG

शंकरपुर - युवाका लागि युवा (वाई.एफ.वाई) को आयोजनामा रुपन्देहीको तिलोत्तमामा वर्तमान सन्दर्भमा युवाहरुको भूमिकाका बिषयमा शनिबार छलफल कार्यक्रम गरिएको छ ।  कार्यक्रममा तिलोत्तमा क्षेत्रका विभिन्न क्षेत्रमा आबद्ध युवाहरुको उपस्थितीमा छलफल कार्यक्रम गरिएको हो ।


कार्यक्रममा अध्येता तथा अध्यापक शंकर भण्डारीले वर्तमान सन्दर्भमा युवाहरुको भूमिकाबारे प्रवचन दिएका थिए । उनले वर्तमान राजनीतिलाई लहड वा भिडका आधारमा भन्दा पनि अध्ययन, तथ्य र तर्कका आधारमा बुझ्न सक्नुपर्ने बताए । अहिले युवा पुस्ताले राजनीतिलाई सहि रुपमा बुझ्न नसक्दा आफ्नो विवेकसम्मत निर्णय गर्न नसकेको बताए ।


उनले अध्ययनले मात्रै प्रश्न गर्ने क्षमताको विकास गराउने बताउँदै अहिले प्रश्न गर्ने समाज नबनेको बताए । उनले जब प्रश्न गर्ने समाज बन्दैन, तब त्यहाँ प्रजातान्त्रिक संस्थाहरु पनि मर्दै जाने बताए । भण्डारीले अध्ययन नगर्ने हो भने हरेक घटना नयाँ जस्तो लाग्ने र त्यसले राजनीतिलाई गलत ठाउँमा पुर्याउने बताए । उनले युवाहरुलाई अध्ययन गरेर मात्रै आफूलाई राजनीतिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

युवाका लागि युवाले तिलोत्तमामा प्रश्न उब्जाउने गरी कार्यक्रम राखेकोमा धन्यवाद दिए । उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयाेजक रवि सेन्चुरी, युवाका लागि युवाका संयोजक जीवन पाण्डे, युवा 

अभियान्ता दिपक श्रिष मगर, युवा विद्यार्थी, शिक्षक, उद्यमी लगायतको उपस्थिती रहेको थियो । युवाका लागि युवाले तिलोत्तमा क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।


कमेन्ट गर्नुहोस्