
कुञ्जलापुर। तिलोत्तमा नगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबीच नगरपालिकाको शैक्षिक अवस्था, आगामी विद्यालयको कार्यदिशा र स्तरोन्नतिको विषयमा शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले शैक्षिक उन्नयनका लागि सबै सामुदायिक बिद्यालयका ब्यबस्थापन समिति, शिक्षक अभिभावक र स्थानीयको समन्वय संगै बिकास र पूर्वाधार अनि बिद्यार्थी टिकाउने सम्बन्धमा गहन छलफल र सहकार्य हुनुपर्ने बताएका थिए। सो अवसरमा बोल्दै कार्यपालिका सदस्य सुरेन्द्र श्रीले समग्र बिद्यालयको बिकास र शैक्षिक प्रगतिका लागि सबै एकजुट भएर सहकार्य गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने उपाय, आगामी कार्ययोजना तथा स्तरोन्नतिको सम्भावनाबारे गहन छलफल गरिएको थियो।कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रधानाध्यापक मृगेन्द्र रिजाल, प्रधानाध्यापक चण्डी प्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, छत्र बहादुर दर्लामी लगायत शिक्षक तथा अध्यक्षहरूले आ–आफ्ना धारणा राख्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए।
छलफलमा विद्यालयको शैक्षिक स्तर उकास्न स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक र समुदायबीच अझ सशक्त समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत धनी प्रसाद शर्माले गरेका थिए भने अध्यक्षता तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले गरेका थिए।बिद्यालयको शैक्षिक प्रगतिका लागि गरिएको सो छालाफबाता आएको सुझाव टिपोट गरि आगामी भावी रणनीति बनाई बजेटमा व्यवस्था गरि अघि बढिने शिक्षा अधिकृत धनी प्रसाद शर्माले बताए।
कमेन्ट गर्नुहोस्