लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

IMG

काठमाडौँ, फागुन १९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ ।


महाशाखाले मङ्गलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार फागुन २१ गते दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने जानकारी दिएको छ । सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 


हाल उच्च चापीय प्रणालीको प्रभाव


हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भाग लगायत बाँकी भू–भागमा तुँवालो लागेको महाशाखाले जनाएको छ ।


मङ्गलबार राति तराई भू–भागका थोरै स्थानमा तुँवालो रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।  बुधबार तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।  

कमेन्ट गर्नुहोस्