
तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले फागुन १५ गते मगर एकता दिवसको अवसर पारेर स्थानिय विदा दिएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल द्वारा जारि सुचनामा सो बिदा उल्लेख गरिएको हो।
सो दिन नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्थाहरुमा समेत स्थानीय सार्वजनिक विदा गरिएको नगरपालिकाले जनाएको छ। तिलोत्तमा नगरपालिकाले स्थानिय तहको सरकार बनेपछि हरेक बर्ष फागुन १५ गते मगर दिवसको अवसरमा सार्वजनिक विदा दिँदै आएको छ । सो अवसरमा यस क्षेत्रमा रहेर कार्य गर्दै आइरहेको नेपाल मगर संघले तिलोत्तमाका विभिन्न स्थानमा मगर एकता दिवस भब्य रुपमा कार्यक्रम आयोजना गर्दै मनाउने भएको छ।
कमेन्ट गर्नुहोस्