
मणिग्राम। रुपन्देही जिल्लामा मणिग्राम युनाइटेड कप खुला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। मणिग्रामस्थित मणिग्राम युनाइटेड, तिलोत्तमा नगरपालिकाको आयोजनामा तथा हिमाल युथ क्लबको विशेष सहयोगमा योगीकुटी स्थित स्वर्णिम फ़ुटसलमा हुन लागेको प्रतियोगिताको सबै तयारी पुरा भएको छ।यहि फागुन ९ र १० गते हुने प्रतियोगिताका लागि टिम दर्ता फागुन ८ गतेसम्म खुला गरिएको खेल संयोजक मदन सलामी मगरले जानकारी दिए।
प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका टिमहरूलाई सहभागिताका लागि आह्वान गरिएको आयोजकले जनाएको छ।प्रचार–प्रसार संयोजक सन्तोष खत्रीका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।भने उपविजेताले नगद रु २५ हजार प्राप्त गर्नेछन। त्यस्तै विधागत उत्कृस्ट खेलाडीहरुले नगद रु १ हजार ५ सय प्राप्त गर्ने दिपेन बुढाथोकीले बताएका छन। प्रतियोगिताले युवामा खेलप्रति रुचि बढाउने र स्थानीय खेल प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।
कमेन्ट गर्नुहोस्