लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका र मोक्षधाम सेवा आश्रमबीच खुल्ला जग्गा व्यवस्थापन सम्झौता

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका र मोक्षधाम सेवा आश्रम बीच खुल्ला जग्गाको संरक्षण, व्यवस्थापन तथा सदुपयोग सम्बन्धी सम्झौता सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिका वडा नम्बर-६ स्थित मोक्षधाम सेवा आश्रममा उत्थानशिलता तथा जीवनस्तर सुधार आयोजना URLIP अन्तर्गत खुल्ला क्षेत्र ब्यबस्थापन गर्न मोक्षधाम सेवा आश्रमका प्रतिनिधि तथा नगरपालिका बीच MOU  सम्झौता भै हस्ताक्षर भएको हो।


नगरपालिकाको वडा नं. ६ मा अवस्थित मोक्षधाम सेवा आश्रमको स्तरोन्नति संगै त्यस क्षेत्रलाई धार्मिक एबम पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यले सार्वजनिक खुल्ला जग्गाको संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन तथा सामुदायिक उपयोगलाई व्यवस्थित बनाउन उक्त सम्झौता गरिएको हो। सम्झौताअनुसार जग्गाको ब्यबस्थापन, नियमित सरसफाइ, सुरक्षा तथा हरियाली प्रवर्द्धन संगै नगरपालिकाले कानुनी संरक्षण, आवश्यक प्राविधिक सहयोग र अनुगमनको जिम्मेवारी निभाउने भएको छ। 


नगरप्रमुख रामकृष्ण खाणले सार्वजनिक सम्पत्तिको संरक्षणमा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस सम्झौताले वातावरणीय सन्तुलन कायम गर्न तथा त्यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक र पर्यटकीय प्रबर्द्धन गर्दै त्यस क्षेत्रका स्थानीय बासिन्दालाई खुल्ला स्थानको व्यवस्थित उपयोगमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आश्रमका प्रतिनिधि टिकाराम पाण्डेले पनि सामाजिक तथा धार्मिक गतिविधिलाई व्यवस्थित गर्दै वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।


सम्झौताको एक औपचारिक कार्यक्रममा तिलोत्तमा नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल,वडा नम्बर ६ का वडाअध्यक्ष गणेश पाठक, बरिष्ठ इन्जिनियर प्रदिप बन, मोक्षधाम सेवा आश्रमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।   

कमेन्ट गर्नुहोस्