
तिलोत्तमा । दोस्रो न्यू नव प्रतिभा पुरुष (बी–लेभल) भलिबल प्रतियोगिताको उपाधि जनज्योति तिलोत्तमा–४ ले हात पारेको छ। निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा उत्कृष्ट समन्वय, सशक्त आक्रमण तथा मजबुत रक्षात्मक खेल प्रदर्शन गर्दै जनज्योति तिलोत्तमा–४ ले पानासिया युवा क्लबलाई २-१ को सेटमा विजेता बन्न सफल भएको हो।
प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गरेको उक्त टोलीले सेमिफाइनलदेखि नै आफ्नो बलियो उपस्थिती देखाएको थियो। फाइनल खेलमा दर्शकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो भने खेल निकै रोमाञ्चक बनेको आयोजकका तर्फबाट अध्यक्ष प्रकाश पुनले जानकारी दिनुभएको छ। प्रतियोगितामा बिजेता जनज्योति तिलोत्तमा–४ भएको थियो भने उपविजेता पानासिया युवा क्लब र सेमिफाइनल बाट तृतीय र सान्तवना समेत भएका थिए जसको तेस्रो स्थानमा आयोजक न्यू नव प्रतिभा निलो र चौथो दर्शन युवा क्लब डीवाईसी भएका हुन्।
सो अवसरमा विजेता, उपविजेता तथा तृतीय र चौथो हुने टोलीलाई क्रमश नगद रु २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ र तृतीयले १० हजार ५ सय ५५ सहित सान्तवनाले ट्रफी, प्रमाणपत्र तथा मेडल सहित नगद पुरस्कार प्रदान गरिएको थियो। साथै विधागत रुपमा उत्कृस्ट खेलाडीहरुलाई पनि ट्रफी र मेडल सहित सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नर बहादुर छन्तेलले राष्ट्रिय खेलको रुपमा विकास भैसकेको भलिबल खेलको विकासका लागि आगामी दिनमा अझै परिमार्जन गर्दै खेललाई उत्कृस्ट बनाउन आफ्नो तरहबाट योजना अगाडि सार्ने र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
प्रतियोगितामा दुर्गा मन्दिरका अध्यक्ष शिव कुमार पाठक, शिव मन्दिरका अध्यक्ष धर्मराज तिवारी,क्रियाशील आमा समुहका अध्यक्ष तिलोत्तमा राना मगर, रिभर साइड युथ क्लबका अध्यक्ष दिवस थापा, सल्लाहकार देवेन्द्र भट्टराई, नेत्र बहादुर थापा, पदमपाणी गौतम, गोरकट्टा प्रहरी चौकीका इन्चार्ज शिव केसी लगायतका स्थानिय बुद्धिजीवि र खेलप्रेमी, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आयोजकले यस्ता प्रतियोगिताले युवाहरूमा खेलप्रति रुचि बढाउने र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने विश्वास व्यक्त गरेको छ।
कमेन्ट गर्नुहोस्