लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोश्रो न्यु नव प्रतिभा पुरुष (बि-लेभल)भलिबल प्रतियोगीता, १० खेल सम्पन्न, शनिबार फाइनल

IMG

नागपथ। तिलोत्तमा नगरपालिका वडा नम्बर ६ बाह्र नम्बर नागपथ स्थित सोलारकम्पनि पछाडी रहेको खेल मैदानमा जारी ‘दोश्रो न्यु नव प्रतिभा पुरुष ( बि लेभल) भलिबल प्रतियोगीतामा आज भएका ५ खेल सहित १० खेल सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका-६ स्थित न्यु नव प्रतिभा यूवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीताको बिहिबार तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नेर बहादुर छन्तेलले उद्घाटन गर्नुभएको थियो भने उद्घाटनको दिन ५ खेल भएको थिए भने शुक्रबार ५ खेल सम्पन्न भएको छ।


शुक्रबार भएको पहिलो खेलमा आयोजक न्यु नव प्रतिभा युवा क्लब र तिलोत्तमा- ८ बीच भएको खेलमा तिलोत्तमा-८ बिजयी भएको छ भने आजै सम्पन्न दोस्रो खेलमा हेकलाङ्ग युवा क्लब र पानासिया युवा क्लब बिच भएको खेलमा पानासिया बिजयी भएको छ। त्यस्तै मुढाबास युवा क्लब र ड्राइभरटोल युवा क्लब बीच भएको तेस्रो खेलमा ड्राइभरटोल बिजयी भएको छ भने पहिलो राउन्डको सबै खेल समाप्त भएको छ। त्यस्तै आजै सम्पन्न दोस्रो चरणको खेलमा तिलोत्तमा-५ र स्वादिलो फेमली रेस्टुरेण्ट बीच भएको खेलमा  स्वादिलो फेमली रेस्टुरेण्ट बिजयी भएको छ भने आजै सम्पन्न दोस्री चरणको दोस्रो खेलमा सेहेच समाज वी र आयोजक नीलो बीच भएको खेलमा आयोजकले जित हासिल गरेको छ। 


प्रतियोगीता अन्तर्गत शुक्रबार मात्र  ५ वटा खेल सम्पन्न भएका छन् । भलिबल प्रतियोगीता शनिबार सम्पन्न हुने आयोजकले बताएको छ । गतबर्ष पनि न्यु नव प्रतिभा यूवा क्लबले ‘प्रथम न्यु नव प्रतिभा पुरुष ( बि लेभल) भलिबल प्रतियोगीता आयोजना गरेको थियो ।भोलि बिहान ९ बजे देखि फाइनलका लागि प्रतिश्प्रधात्मक खेल हुने आयोजकले जनाएको छ। निकै रोमाञ्चक बन्दै गएको खेल हेर्न दर्शकहरुको ओइरो लाग्ने गरेको छ। 

कमेन्ट गर्नुहोस्