लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–६ मा टोलस्तरीय भजन प्रतियोगिता सम्पन्न, साँझ बिशेष भजन कृतन हुने

IMG

गीता मन्दिर।तिलोत्तमा नगरपालिका वडा नं. ६ को आयोजनामा टोलस्तरीय भजन प्रतियोगिता सम्पन्न भएको छ। यस क्षेत्रमा धार्मिक तथा सांस्कृतिक वातावरण सिर्जना गर्ने तथा त्यसको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा १० वटा टोल समूहको सहभागिता रहेको थियो।


कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण रहनु भएको थियो भने अध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष गणेश पाठक ले गर्नुभएको थियो।प्रतियोगितामा सहभागी समूहहरूले बाध्यबादनका साथमा भक्ति गीत तथा भजन प्रस्तुत गर्दै दर्शकलाई आध्यात्मिक वातावरणमा झुमाएका थिए। कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दा आमा समूह, टोल समूहको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतियोगितामा पंचरत्न गीता मन्दिर प्रथम, कालिका मन्दिर समिति दोस्रो र दुर्गा भवानी मन्दिर पुरानो सडक तेस्रो भएका थिए।आयोजकका अनुसार यस्ता कार्यक्रमले समाजमा धार्मिक सद्भाव, एकता र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ।कार्यक्रम वडा सचिव कृष्ण बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो। वडाले आजै साँझ बिशेष कलाकारहरुको उपस्थितिमा भजन कृतन गर्ने भएको छ।प्रतियोगितामा सहभागी सबैलाई नगद रु २ हजार का दरले पुरष्कार प्रदान गरिएको थियो भने प्रथम दोस्रो र तेस्रो हुने समुहलाई नगद रु ८ हजार ६ हजार र ४ हजार प्रदान गरिको थियो। 

कमेन्ट गर्नुहोस्