लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु नव प्रतिभा यूवा क्लब तिलोत्तमा-६ को आयोजनामा भलिबल प्रतियोगीता सुरु

IMG

नागपथ। तिलोत्तमा नगरपालिका वडा नम्बर ६ बाह्र नम्बर नागपथ स्थित सोलारकम्पनि पछाडी रहेको खेल मैदानमा ‘दोश्रो न्यु नव प्रतिभा पुरुष ( बि लेभल) भलिबल प्रतियोगीता बिहिबारदेखि सुरु भएको छ । तिलोत्तमा नगरपालिका-६ स्थित न्यु नव प्रतिभा यूवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीताको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नेर बहादुर छन्तेलले उद्घाटन गर्नुभएको हो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यपालिका सदस्य छन्तेलले राष्ट्रिय खेलको रुपमा विकास भैसकेको भलिबल खेलको विकासका लागि आगामी दिनमा अझै परिमार्जन गर्दै खेललाई उत्कृस्ट बनाउन आफ्नो तरहबाट योजना अगाडि सार्ने र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। क्लबका अध्यक्ष प्रकाश पुनको सभापतित्वमा उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।प्रतियोगीता अन्तर्गत बिहिबार मात्र  ५ वटा खेल सम्पन्न भएका छन् । बिहिबार सम्पन्न आयोजक क्लब र सेहचा समाज बिचको पहिलो खेलमा १८-२५ र २१-२५ को सेटमा सेहचा समाजले जित हासिल गरेको छ। भने भलवारी युवा क्लब र सिद्धार्थ युवा क्लब बिचको दोस्रो खेलमा भलवारी बिजयी भएको छ।


त्यस्तै स्वादिलो फेमली रेस्टुरेन्ट सैनामैना र मणिमुकुन्द बिचको  तेस्रो खेलमा स्वादिलो सैनामैना बिजयी भएको हो।  त्यस्तै आजै भएको दर्शन युवा क्लब र सम्झना युवा क्लब बिचको चौथो खेलमा दर्शन युवा क्लब बिजयी भएको छ भने तिलोत्तमा-५ बि र बुटवल बाइकर्सको आजको अन्तिम खेलमा तिलोत्तमा-५ बि बिजयी भएको छ। भलिबल प्रतियोगीता शनिबार सम्पन्न हुने आयोजकले बताएको छ । गतबर्ष पनि न्यु नव प्रतिभा यूवा क्लबले ‘प्रथम न्यु नव प्रतिभा पुरुष ( बि लेभल) भलिबल प्रतियोगीता आयोजना गरेको थियो ।भोलिको खेल तिलोत्तमा-५ ए र मुढाबास युथ क्लब बीच हुने आयोजकले जनाएको छ। 


उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष तथा तिलोत्तमा खेलकुद बिकास समितिका अध्यक्ष लोक पुन, दुर्गा मन्दिरका अध्यक्ष शिव कुमार पाठक, शिव मन्दिरका अध्यक्ष धर्मराज तिवारी,क्रियाशील आमा समुहका अध्यक्ष तिलोत्तमा राना मगर, रिभर साइड युथ क्लबका अध्यक्ष दिवस थापा, सल्लाहकार देवेन्द्र भट्टराई, नेत्र बहादुर थापा, पदमपाणी गौतम, तेक्वान्दो अन्तराष्ट्रिय प्रशिक्षक सन्तु दंगोरिया,गोरकट्टा प्रहरी चौकीका इन्चार्ज शिव केसी लगायतका स्थानिय बुद्धिजीवि र खेलप्रेमी तथा सहयोगीहरुको उपस्थिति रहेको थियो। 


कमेन्ट गर्नुहोस्