लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आठौं सञ्जिवनी कपको उपाधि आयोजक सञ्जिवनीलाई

IMG

बागधुरा । रुपन्देहीमा सम्पन्न स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कपको उपाधि आयोजक सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुराले नै जितेको छ।मंगलबार सञ्जिवनी खेलमैदानमा भएको खेलमा सञ्जिवनीले साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकरलाई २–१ ले पराजित गर्दै घरेलु मैदानमा पहिलोपटक उपाधि उचाल्न सफल भएको हो । निकै रोमाञ्चक बनेको खेलमा सञ्जिवनीको तर्फबाट सुरज चौधरी र निखिल पुन मगरले गोल गरे । उता पराजित फर्साटिकरका लागि भने योगेश थापाले एक मात्र गोल फर्काएका थिए ।विजेता बनेको सञ्जिवनीले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता फर्साटिकरले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सञ्जिवनीका सुरज चौधरी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।


त्यस्तै अन्य विधागततर्फ सञ्जिवनी कै अनुप राना (टोप) उत्कृष्ट गोलरक्षक बन्दा अमुवा युवा क्लबका बलराम न्यौपानेले सर्वाधिक गोलकर्ताको पुरस्हार हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने सञ्जिवनीका कप्तान अनुप बुढा घोषित भए ।विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु), मुख्य प्रायोजक तथा समाजसेवी खिमाकुमारी पराजुली, तिलोत्तमा वार्ड नम्बर १४ का वार्ड अध्यक्ष अस्विन पौडेल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।

कमेन्ट गर्नुहोस्