लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विजय ज्योति सहकारीको चित्रकला प्रतियोगितामा गौतमबुद्धका कुर्मी प्रथम

IMG

चारनम्बर। विजय ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  तिलोत्तमा नगरपालिका ८ , ४ नं ज्योति आधारभूत विद्यालयमा आज चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। सहकारीको शिक्षा उपसमितिले तिलोत्तमा नगरपालिका ८,९ र ११ वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ५-७ कक्षा स्तरिय सहकारी वातावरण र सरसफाइ सम्बन्धी विषयक चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो । तिन वडाका ८ स्कुलका १५ जना विद्यार्थी सहभागी रहेको थियो।


कार्यक्रममा नेपालका सर्वाधिक बढि पारिश्रमिक लिने चित्रकारहरुको जानकारी दिदै कार्यक्रमले विद्यार्थीको अन्तरनिहित क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने कार्यक्रमका संयोजक चन्द्रमणि अर्यालले बताए । प्रतियोगितामा प्रथम हुने गौतम बुद्ध माविका शिवराम कुर्मी, दोस्रो हुने किड्स हेभन बिद्यालयका शिशिर बिक , तृतीय हुने जनभावना माविका विमसार राना र प्रोत्साहन हुने ज्योति आधारभूत विद्यालयका ऋतु सारुले क्रमश: ४ हजार, ३ हजार , २ हजार र १ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। निर्णायक मण्डलमा रहेका एपाल ब्यबसायी कलाकार संघक केन्द्रिय उपाध्यक्ष  एच बि रम्तेलले यस्ता प्रतियोगिताले नव प्रतिभाका प्रतिभा प्रस्फुटन हुने र बिद्यार्थीहरुले सहकारी एबम सरसफाईमा समेत चेतना हुने बताएका थिए। सहकारीका अध्यक्ष रमेशराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कृष्ण तिवारीले गरेका थिए। 

कमेन्ट गर्नुहोस्