लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका र नगर बिकास कोष बीच सम्झौता, ठुला सडक निर्माण हुँदै

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका र नगर बिकास कोष बीच सम्झौता भएको छ। शहरी उत्थानशिलता तथा जीवनयापन सुधार आयोजना URLIP बिच आज एक औपचारिक सम्झौता भै सहआयोजना निर्माण संचालन र व्यवस्थापन सम्बन्धमा सम्पन्न उपसहायक ऋण सम्झौता भएको हो।  हाल सो परियोजना मार्फत ड्राइभरटोल शिवपुर र पथ्थर डांडा तिनाऊ सडक निर्माण हुने क्रममा रहेको छ।


नगरपालिकाको तर्फबाट नगर प्रमुख रामकृष्ण खाण, नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल र नगर बिकास कोषको तर्फबाट  टिडिएफ़ कार्यकारी निर्देशक इन्जिनियर बिनोद प्रकाश पण्डितद्वारा हस्तक्षर गरि सम्झौता भएको हो। सो सम्झौता पश्चात आगामी दिनमा समेत भौतिक बिकास र मानविय बिकासमा थप टेवा पुग्ने देखिएको छ। 

कमेन्ट गर्नुहोस्