लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाद्वारा संचालन हुने सुलभ फार्मेसीको सम्झौता

IMG

कुन्जलापुर। तिलोत्तमा नगरपालिका र बुट्स मेडिको प्राली बुटवल-१० बीच सुलभ फार्मेसी संचालनका लागि सम्झौता भएको छ।तिलोत्तमाको मणिग्राममा सचालन हुने गरि २५.१० प्रतिशतसम्म छुट राखी सो सम्झौता भएको हो।


नगरपालिकाले संचालन गर्ने सो फार्मेसी सेवामार्फत नगरबासीहरुले नगरले तोकेको छुटमा बिरामी हुँदा प्रयोग गर्ने औषधी खरिद गरि सेवन गर्न सक्नेछन। सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले यो सम्झौता फागु १५ गतेदेखि लागु भई ५ बर्षसम्म संचालन हुने जानकारी दिनुभएको छ। सो सुलभ फार्मेसी संचालन भएपछी नगरबासीहरुमा थप सहजता हुनेछ। 

कमेन्ट गर्नुहोस्